काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्ति खुला प्रतिस्पर्धाबाट गरिने भएको छ ।

सिइओ छनोट समितिले मंगलबार गोरखापत्रमा सूचना जारी गरी आवेदन दिने समय १५ दिन तोकेको छ ।

ADVERTISEMENT

अर्थ मन्त्रालयले नेप्सेको रिक्त रहेको सीईओ नियुक्तिका लागि सोमबार सहसचिव महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । सोही समितिले मंगलबार सीईओ नियुक्तिका लागि सार्वजनिक विज्ञापनमार्फत आवेदन माग गरेको हो ।

ADVERTISEMENT

नेप्सेको सीईओ चूडामणि चापागाईंले कार्यकाल सकिनुअघि गत २२ असारमा राजीनामा दिएका थिए । १९ चैत २०८१ मा नेप्सेको सीईओमा नियुक्त भएका चापागाईंले आफ्नो कार्यकालअगावै राजीनामा दिएपछि नेप्सेमा सीईओ रिक्त हुन पुगेको हो ।