काठमाडौं । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । सीडीएस एन्ड क्लियरिङले सूचना जारी गर्दै शुल्क नबुझए प्रयोगकर्ताको खाता १६ गतेदेखि रोक्का राख्ने निर्णय गरेको हो ।

डिम्याट खाताका लागि वार्षिक एक सय रुपैयाँ र मेरो सेयरका लागि ५० रुपैयाँ नवीकरण शुल्क तोकिएको छ । नवीकरण शुल्क नबुझाएमा सेयर कारोबार गर्न नपाइने र प्रयोगकर्ताले अनलाइन प्रणालीमार्फत सजिलै शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

ADVERTISEMENT

हरेक वर्षको असार मसान्तभित्र बुझाइसक्नुपर्ने यस्तो वार्षिक शुल्क यसपटक साउनको मध्यसम्म थप गरिएको हो । हरेक वर्ष डिम्याट खाता हुनेले एक सय रुपैयाँ शुल्क बुझाउनुपर्दछ ।

साथै, हरेक वर्ष मेरो सेयरका लागि ५० रुपैयाँ शुल्क बुझाउनुपर्दछ । सो रकम पनि बुझाउन सीडीएससीले आग्रह गरेको छ । अनलाइन प्रणालीबाटै आईपीओ तथा एफपीओ, हकप्रद सेयर भर्नका लागि मेरोसेयर प्रयोग हुने गर्छ । साथै दोस्रो बजारमा बिक्री भएको सेयर हस्तान्तरण पनि यसैबाट हुने गर्दछ ।

ADVERTISEMENT

अनलाइन प्रणाली मेरो सेयर तथा भुक्तानीका विभिन्न माध्यममार्फत डिम्याट खाता नवीकरण गर्न सकिन्छ ।