काठमाडौं – भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजय अभिनीत फिल्म ‘जन नायकन’ले प्रदर्शनको सुरुआती तीन दिनमै बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ।

गत बिहीबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको फिल्मले भारतमा मात्र तीन दिनमा ७४ करोड ४४ लाख भारतीय रुपैयाँ (नेट) कमाइ गरेको व्यापार विश्लेषण वेबसाइट स्याकनिल्कले जनाएको छ।

ADVERTISEMENT

तथ्यांकअनुसार फिल्मले पहिलो दिन ४२ करोड ७० लाख, दोस्रो दिन २१ करोड १५ लाख र तेस्रो दिन शनिबार २८ करोड ५० लाख भारतीय रुपैयाँ (नेट) कमाएको छ।

तीन दिनमा फिल्मको भारतभित्रको ग्रस कमाइ ८७ करोड ५० लाख भारतीय रुपैयाँ पुगेको छ भने विश्वव्यापी ग्रस कमाइ १७१ करोड ८४ लाख भारतीय रुपैयाँ पुगेको बताइएको छ।

ADVERTISEMENT

यससँगै ‘जन नायकन’ भारतमा १०० करोड भारतीय रुपैयाँ ग्रस कमाइको नजिक पुगेको छ भने विश्वव्यापी रूपमा २०० करोड भारतीय रुपैयाँको आँकडा पार गर्ने दिशामा अघि बढिरहेको छ।

एच. विनोथको निर्देशनमा बनेको फिल्मलाई थलापति विजयको अन्तिम फिल्मका रूपमा हेरिएको छ। फिल्ममा विजयसँगै ममिता बैजु, पूजा हेगडे र बबी देओल मुख्य भूमिकामा छन्।

नेपालमा भने ‘जन नायकन’ अझै प्रदर्शनमा आएको छैन।