मुम्बई । थलापति विजय अभिनित फिल्म ‘जन नायकन’ ले प्रदर्शनको पहिलो सातामै बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको छ।
रिलिज भएको पहिलो दिनदेखि नै दर्शकको राम्रो साथ पाएको फिल्मले सात दिनमा कुल १४७.६८ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ।
फिल्मले पहिलो दिन ४२.७० करोड रुपैयाँ कमाउँदै सानदार ओपनिङ गरेको थियो। दोस्रो दिन कमाइ केही घटेर २१.१५ करोड रुपैयाँ पुगे पनि सप्ताहन्तमा फिल्मले पुनः उत्कृष्ट लय समात्यो।
शनिबार तेस्रो दिन फिल्मले २८.९० करोड रुपैयाँ र आइतबार ३२ करोड रुपैयाँ कमाएको थियो। त्यसपछि सोमबार १०.६५ करोड रुपैयाँ, मंगलबार ८ करोड रुपैयाँ र बुधबार सातौँ दिन ४.२८ करोड रुपैयाँ कमाएको छ।
प्रदर्शनको पहिलो सातामै १०० करोड क्लब पार गर्दै १४७.६८ करोड रुपैयाँको नेट कमाइ गर्न सफल भएको ‘जन नायकन’ यस वर्षका सफल दक्षिण भारतीय फिल्ममध्ये एक बनेको छ।





