जाजरकोट । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ राङ्सीमा पहिरो खस्दा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार पहिरोले एक अस्थायी टहरा पुरिँदा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको हो। घाइते हुनेमा उनकी छोरी ४० वर्षीया मेनुका शाह थापा र ७ वर्षीया नातिनी टिका थापा रहेका छन्। स्थानीयवासीले उनीहरूको उद्धार गरेका छन्।

मृतक बस्दै आएको टिनको अस्थायी टहरा भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट निर्माण गरिएको थियो।

ADVERTISEMENT

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पाँचकटियाबाट प्रहरी सहायक निरीक्षक प्रेम केसीको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरीले घटनास्थलको सुरक्षा व्यवस्थापन गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADVERTISEMENT