काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
अदालतबाट छुटेको एक हप्तापछि उनी बुधबार पार्टीको कार्यक्रममा देखिएका हुन् । ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बबरमहलस्थित कार्की बैंक्वेटमा जारी प्रवचन कार्यक्रममा उनी सहभागी छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पौडेल असार ८ मा सुर्खेतमा पक्राउ परेका थिए । करिब २५ दिन हिरासतमा बसेपछि अदालतले साउन १ मा उनलाई साधारण तारेखमा रिहा गरेको थियो ।
एमालेले उनलाई पार्टी रुपान्तरण र पुस्तान्तरणको प्रतिवेदन लेखनको जिम्मा दिएको छ । उनको कार्यदलले अध्यक्ष केपी ओलीको विकल्प खोज्ने गरी प्रतिवेदन लेखिरहेको बताइन्छ ।





