काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयलाई विद्यार्थीबाट ३ प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार भएको छलफलमा शिक्षामन्त्री सस्मित पोखरेल ले प्याब्सन, एन–प्याब्सन र हिसानका प्रतिनिधिलाई उक्त निर्णय प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेका हुन्।
छलफलका क्रममा शिक्षामन्त्री पोखरेलले शिक्षा विधेयक, शिक्षा नियमावली, पाठ्यक्रम फ्रेमवर्क लगायतका विषयमा हुने आगामी छलफलमा निजी विद्यालयका प्रतिनिधिलाई पनि सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकपछि प्याब्सनका महासचिव आरबी कटुवाल ले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए। उनका अनुसार करिब दुई घण्टा चलेको बैठकमा ३ प्रतिशत शिक्षा समता शुल्क, पाठ्यक्रमको खाका, शिक्षा विधेयक, शिक्षा नियमावली तथा छात्रवृत्तिसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।
प्रधानमन्त्री बालेन शाह ले शिक्षामा लाग्दै आएको ३ प्रतिशत शिक्षा समता शुल्क हटाउने निर्णय गरेपछि शिक्षामन्त्री पोखरेलले निजी विद्यालय सञ्चालकसँग छलफल गरेका हुन्।












