काठमाडौं । मानसिक स्वास्थ्यसम्बन्धी संस्था माइन्डकी शारीरिक गतिविधि प्रमुख हेली जारभिसका अनुसार आफ्नो फुटबल टोलीको हार हुँदा निराशा, कुण्ठा र खिन्नताको महसुस हुनु  स्वाभाविक हो । उनले यस्तो निराशाको अवस्थामा मानसिक स्वास्थ्यलाई सन्तुलित राख्न उनले केही सुझावहरू दिएकी छिन् ।

पहिलो, निराश हुनु सामान्य कुरा हो। यस्ता भावनाहरूलाई महसुस गर्ने र स्वीकार गर्ने प्रयास गर्नुहोस्। साथै, अरू मानिसहरू कस्तो महसुस गरिरहेका छन् भन्नेबारे पनि बुझ्ने प्रयास गर्नुहोस्।

ADVERTISEMENT

दोस्रो, याद राख्नुहोस् खेलाडीहरू पनि भावना भएका मानिस नै हुन् । हारको समयमा प्रायः घृणास्पद सन्देशहरू बाहिर आउन सक्छन्। तर, रंगभेद र दुर्व्यवहार कुनै पनि हालतमा स्वीकार्य हुँदैनन्।

तेस्रो, उत्साहपूर्ण क्षणहरू, कुराकानी, वातावरण र अरूसँग बिताएको समयमा ध्यान केन्द्रित गरेर निराशालाई सकारात्मक दृष्टिकोणले हेर्ने प्रयास गर्नुहोस्।

ADVERTISEMENT

चौथो, यदि खेल पछिको बहस, आलोचना र अनन्त विश्लेषणले तपाईंलाई तनाव दिइरहेको छ भने सामाजिक सञ्जालबाट केही समय विश्राम लिने प्रयास गर्नुहोस्।

पाँचौं, कुनै प्रतियोगिता सकिँदा तपाईंको दैनिकीमा खालीपन महसुस हुन सक्छ। साथीभाइसँग भेटघाट गर्ने, घरबाहिर निस्कने, आफ्नो स्थानीय क्लबलाई पछ्याउने वा नयाँ सिजनको योजना बनाउने जस्ता रमाइलो कामहरू गर्दा तपाईंको ध्यान आफूले नियन्त्रण गर्न सक्ने कुराहरूमा केन्द्रित गर्न मद्दत पुग्छ।