काठमाडौं । विकास बैंकहरूको खुद मुनाफा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा विकास बैंकमध्ये राष्ट्रियस्तरका आठ वटा विकास बैंकले चालु आर्थिक वर्षको पछिल्लो ११ महिना अर्थात् जेठ मसान्तसम्ममा कुल छ अर्ब ८८ करोड ९१ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन्। यो नाफा गत आवको सोही अवधिको तुलनामा ३१ दशमलव ७८ प्रतिशत अर्थात् एक अर्ब ६६ करोड १३ लाख २० हजार रुपैयाँ ले बढी हो। गत आवको सोही अवधिमा यस्तो नाफा पाँच अर्ब २२ करोड ७७ लाख ९० हजार रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकका अनुसार चालु आवको जेठ मसान्तसम्ममा गरिमा विकास बैंकले एक अर्ब ३५ करोड २३ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा मुक्तिनाथ विकास बैंकले एक अर्ब २६ करोड ४५ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। गत आवको सोही अवधिमा यी दुई बैंकको यस्तो नाफा क्रमशः एक अर्ब एक करोड ६८ लाख ३० हजार रुपैयाँ र एक अर्ब पाँच करोड १७ लाख २० हजार रुपैयाँ रहेको थियो। शाइन रेसुंगा विकास बैंक र ज्योति विकास बैंक ले पनि चालु आवको पछिल्लो ११ महिनामा क्रमशः एक अर्ब एक करोड ९४ लाख रुपैयाँ र ८१ करोड ६१ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन्। गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः ७३ करोड ८८ लाख रुपैयाँ र ४३ करोड ६४ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए।

ADVERTISEMENT

ADVERTISEMENT

कामना सेवा विकास बैंक ले चालु आवको पछिल्लो ११ महिनाको अवधिमा ७५ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा सांग्रिला डेभलपमेन्ट बैंक ले ६० करोड ६८ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। गत आवको सोही अवधिमा यी दुई बैंकले क्रमशः ६६ करोड ९३ लाख ४० हजार रुपैयाँ र ५६ करोड २९ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए। महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंक ले पनि चालु आवको पछिल्लो ११ महिनाको अवधिमा क्रमशः ५४ करोड ६५ लाख ४० हजार रुपैयाँ र ५२ करोड ७४ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन्। गत आवको सोही अवधिमा भने यी बैंकहरूले क्रमशः ५३ करोड ४४ लाख १० हजार रुपैयाँ र २१ करोड ७३ लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा विकास बैंकहरूले कमाएको नाफा (रकम : रु. १० लाखमा)