काठमाडौं । मिटरब्याजपीडितहरूलाई काठमाडौं आउनबाट रोक्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ पुगेका छन्।

बुद्ध एयरको विमानबाट मंगलबार बिहानै सिमरा विमानस्थल ओर्लेका गुरुङ गाडीबाट निजगढ पुगेका हुन्। निजगढमा उनले मिटरब्याजपीडितसँग छ्लफल गर्न सुरु गरेका छन्।

ADVERTISEMENT

जनकपुरबाट पैदल काठमाडौंका लागि हिँडेका मिटरब्याजपीडित मंगलबार बिहान निजगढ आइपुगेका छन्।

ADVERTISEMENT

उनीहरूले न्याय पैदल मार्च अभियान थालेका हुन् । काठमाडौंमा सरकारलाई आफ्नो समस्या सुनाउन उनीहरू पाँच दिनअघि हिँडेका थिए ।

काठमाडौं आएर मिटरब्याजपीडितले धर्ना दिँदा सरकारको आलोचना हुने डरले गृहमन्त्री गुरुङ हतारहतार उनीहरूलाई रोक्न निजगढ पुगेको बताइन्छ । उनले सरकारका तर्फबाट चाल्नुपर्ने कदमसहित विभिन्न आश्वासन दिएर भए पनि उतै रोक्ने रणनीति अख्तियार गरेका छन् ।

ADVERTISEMENT