काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

गएराति बा १ ञ १६५१ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका–१३ का ३२ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए। दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

दुर्घटनामा घाइते भएका भ्यानमा सवार धरान–२० का ३२ वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ।

ADVERTISEMENT

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भ्यान आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।