काठमाडौं — नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टोलीसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।

नेपाली क्रिकेट संघ (क्यान)का अनुसार सिरिज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा आयोजना हुनेछ।

ADVERTISEMENT

यो सिरिज स्कटल्यान्डमा आयोजित आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का सचिव देवजित सैकियाबीच भएको छलफलपछि तय गरिएको हो।

ADVERTISEMENT

सिरिजअन्तर्गत पहिलो खेल डिसेम्बर ९, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो तथा अन्तिम खेल डिसेम्बर १३ मा हुनेछ। क्यानले भारत ‘ए’ जस्तो बलियो टोलीसँगको यो सिरिजले नेपाली टोलीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउनुका साथै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।