काठमाडौं — सर्वोच्च अदालतमा आगामी साउन ४ गतेदेखि नियमित सुनुवाइ प्रभावित हुने भएको छ।
चालु आर्थिक वर्षको लगत सार्ने कार्यका लागि समय लाग्ने भएकाले साउन १० गतेसम्म नियमित सुनुवाइ प्रभावित हुने अदालतले जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अदालतले शुक्रबार सूचना जारी गर्दै साउन ११ गतेदेखि नियमित सुनुवाइ पुनः सञ्चालन हुने जानकारी दिएको हो।
सूचनाअनुसार साउन ४ देखि ७ गतेसम्म दोहोर्याई पाऊँ तथा अनुमतिको निवेदनमाथि सुनुवाइ हुनेछ। त्यस्तै, साउन ८ गते प्रत्यर्थी झिकाउने आदेश नभएका नेपाल सरकारवादी फौजदारी मुद्दाका पुनरावेदन तथा अन्य एकतर्फी सुनुवाइ हुने निवेदनहरूको मात्रै पेसी चढाइने र सुनुवाइ गरिनेछ।
सर्वोच्च अदालतले वार्षिक लगत सार्ने प्रक्रियाका कारण केही दिन नियमित इजलास प्रभावित हुने जनाएको छ।






