काठमाडौँ । संघीय संसदको दुवै सदनका बैठक मंगलबार बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछन् ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल (प्रि-बजेट छलफल) आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ ।
छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची पनि निर्धारण गरिएको छ ।

ADVERTISEMENT

बैठकको सुरुमा भने सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।

राष्ट्रिय सभाको बैठकको कार्यसूची पनि यस्तै रहेको छ । प्रि-बजेट छलफल सकिएपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्नेछ ।