काठमाडौं । राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।

सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सदनसमक्ष पेश गरेकी हुन्। प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट मन्त्री गौतमले प्रतिवेदन पेश गर्न अनुमति मागेकी थिइन्।

ADVERTISEMENT

राष्ट्रिय सभा अध्यक्षबाट अनुमति प्राप्त भएपछि मन्त्री गौतमले आयोगले आर्थिक वर्ष २०८१/८२ मा गरेका कार्यसम्पादन तथा वित्तीय अवस्थासम्बन्धी वार्षिक प्रतिवेदन औपचारिक रूपमा सदनमा पेश गरेकी हुन्।

ADVERTISEMENT

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायले आफ्नो वार्षिक कार्यप्रगति विवरण संसद्समक्ष पेश गर्नुपर्ने प्रावधान छ। सोहीअनुसार पेश गरिएको प्रतिवेदनमा प्राकृतिक स्रोतको बाँडफाँड तथा वित्तीय हस्तान्तरणसँग सम्बन्धित विषय समेटिएका छन्।

प्रतिवेदन पेश भएपछि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। अर्को बैठक असोज १५ गते बस्ने गरी सोमबारको बैठक समाप्त भएको घोषणा गरिएको छ।

ADVERTISEMENT