काठमाडौं — फ्रान्सका कप्तान किलियन एम्बाप्पे ले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। २७ वर्षको उमेरमा आफ्नो २०औँ विश्वकप खेल खेल्दै उनी विश्वकपमा २० खेल पूरा गर्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी बनेका छन्।
मोरक्कोविरुद्धको खेलमा एक गोल गरेका एम्बाप्पेको विश्वकपमा कुल गोल संख्या २० पुगेको छ। यससँगै पेनाल्टीबाहेक सर्वाधिक विश्वकप गोल गर्ने खेलाडीको सूचीमा उनले लियोनल मेस्सी को १७ गोलको कीर्तिमानीसँग बराबरी गरेका छन्।
सन् १९९८ डिसेम्बर २० मा फ्रान्सको बोन्डीमा जन्मिएका एम्बाप्पे बाल्यकालदेखि नै तीव्र गति, उत्कृष्ट बल नियन्त्रण, प्रभावशाली ड्रिब्लिङ र गोल गर्ने क्षमताका कारण विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये गनिन्छन्।
हाल उनी फ्रान्स राष्ट्रिय टोलीका कप्तान तथा अग्रपङ्क्तिका मुख्य खेलाडी हुन्। उनले आफ्नो व्यावसायिक करियर AS Monaco बाट सुरु गरेका थिए।
सन् २०१८ को फिफा विश्वकपमा फ्रान्सलाई उपाधि दिलाउन एम्बाप्पेले महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसयता विश्वकप, युरोपियन च्याम्पियनसिप, यूईएफए नेसन्स लिग तथा विश्वकप छनोट प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै उनी फ्रान्सका सर्वाधिक प्रभावशाली र सफल खेलाडीमध्ये एकका रूपमा स्थापित भएका छन्।
तीव्र गति, विपक्षीलाई सहजै छल्ने ड्रिब्लिङ, दुवै खुट्टाबाट गोल गर्ने क्षमता र निर्णायक अवसर सिर्जना गर्ने कलाका कारण एम्बाप्पेलाई समकालीन विश्व फुटबलका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक मानिन्छ।







