काठमाडौं । आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को दुवै सदनबाट पारित भएको छ।
प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयक, २०८३ मंगलबार राष्ट्रिय सभाबाट पनि बहुमतले पारित भएको हो।
राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । विधेयक बहुमतले पारित भएसँगै आगामी आर्थिक वर्षको बजेटले संघीय संसद्को पूर्ण स्वीकृति प्राप्त गरेको छ।
यसअघि प्रतिनिधिसभाले पनि विनियोजन विधेयक पारित गरिसकेको थियो। मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक, २०८३ समेत पेश गरेका छन्।






