काठमाडौं । हुवावेले सल्फाइडमा आधारित सोलिड स्टेट ब्याट्रीको प्याटेन्ट दर्ता गरेको छ। यस प्रकारको ब्याट्रीमा परम्परागत लिथियम आयोन ब्याट्रीमा प्रयोग हुने तरल इलेक्ट्रोलाइटको सट्टा ठोस प्रकारको इलेक्ट्रोलाइट प्रयोग गरिएको छ।
यो ब्याट्रीले प्रति घण्टा प्रति पोउन्ड १८० देखि २२५ वाटसम्म विद्युत सञ्चय गर्न सक्दछ, जुन अहिले प्रचलनमा रहेका ब्याट्रीको क्षमताभन्दा २–३ गुणा धेरै हो।
हुवावेले आफ्नो ब्रान्डमा कुनै पनि विद्युतीय सवारीसाधन उत्पादन गर्दैन, तर उसले विद्युतीय सवारी निर्माता कम्पनिहरुका लागि अत्याधुनिक प्रविधि, स्मार्ट सिस्टम र अब सञ्भवत ब्याट्रीको नवीन प्रविधिको रचनात्मक प्रयोगमा समेत सहयोग पु¥याउने छ।
हुवावेले सोलिड स्टेट ब्याट्री विकासको लक्ष्य राखेसँगै सुरक्षित, हलुका तथा छिट्टो चार्ज गर्न सकिने प्रविधि निर्माणमा लागिपरेका बीएमडब्लु, बीवाईडी, बेन्ज जस्ता सवारी निर्माताको सूचीमा आफूलाई समाबेश गरेको छ ।
हुवावेले ब्याट्रीमा नाइट्रोजनसँग सल्फाइड इलेक्ट्रोलाइटस्को डोपिंग गरी लिथियम ब्याट्रीभित्र हुने रासायनिक, विद्युतीय तथा भौतिक अन्तरक्रियाको दुष्प्रभाव कम गर्ने विधि प्रयोग गरेको छ, जसले ब्याट्रीको सञ्चालन, कार्यक्षमता र मजबुतीमा अहं भूमिका खेल्दछ। यसबाहेकक अन्य प्राविधिक विशेषता प्रतिस्पर्धाका कारण उसले गोप्य राखेको छ।






