काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको लागि ६ दिन म्याद थप भएको छ । विशेष अदालतले बिहीबार उनलाई तेस्रोपटक म्याद थप गरिएको हो ।

न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई म्याद थपिएको अदालत प्रशासनले जनाएको छ । उनी हाल न्यायिक हिरासतमा छन् । यसअघि पौडेललाई सात र तीन दिन गरी १० दिन म्याद थप गरिसकेको छ ।

ADVERTISEMENT

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका निम्ति उनलाई अदालतमा पेस गरेको थियो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरि) को कसुरमा अनुसन्धानका निम्ति उनलाई प्रहरीले पक्राउ गरी विभागमा बुझाएको थियो । पौडेलले बिचौलिया दीपक भट्टसँगको मिलेमतोमा करोडौं अकूत सम्पत्ति आर्जन गरेको विभागले दाबी गरेको छ ।

ADVERTISEMENT

पाैडेललाई अकारण हिरासतमा राखिएकाे भन्दै सर्वाेच्च अदालतमा परेकाे बन्दीप्रत्यक्षीकरणकाे रिटमाथि सुनुवाइ हुँदा अदालतले बिचाैलिया भट्टलाई पुर्पक्षमा राख्न गरेकाे आदेशकाे सक्कल फाइल झिकाउन भनिएकाे छ ।