काठमाडौं । राहदानी भ्रष्टाचार प्रकरणमा मुद्दा चलाइएका पाँच जनालाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबार (असार १५) उक्त आदेश दिएको हो।

अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख रुपैयाँ, विभागका कर्मचारी सोमेश थापासँग ३ लाख रुपैयाँ, विपीन प्रसाईंसँग ३ लाख रुपैयाँ तथा ठेकेदार कम्पनीका नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

ADVERTISEMENT

धरौटी रकम बुझाएपछि उनीहरूलाई तारेखमा रिहा गरिने अदालतको आदेशमा उल्लेख छ।

ADVERTISEMENT

ADVERTISEMENT