काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई सेवाग्राही तथा सवारी चालकसँग हात नमिलाउन निर्देशन दिएको छ।

कार्यालयले मातहतका सबै ट्राफिक प्रहरी इकाइलाई पत्राचार गर्दै ड्युटीका क्रममा हात मिलाउने कार्य नगर्न र आवश्यक परे टाढाबाट नमस्कार गरी अभिवादन गर्न निर्देशन दिएको हो।

ADVERTISEMENT

ट्राफिक प्रहरीका अनुसार हात मिलाएका सामान्य फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा भ्रामक ढंगले प्रचार–प्रसार हुन थालेपछि यस्तो निर्णय गरिएको हो।

ADVERTISEMENT

कार्यालयले ट्राफिक प्रहरी र सेवाग्राहीबीचको व्यवहारलाई थप पारदर्शी र विवादरहित बनाउन यो व्यवस्था लागू गरिएको जनाएको छ।

निर्देशनपछि ट्राफिक प्रहरीले अब सेवाग्राहीसँग भेटघाटका क्रममा हात मिलाउनुको सट्टा नमस्कारमार्फत अभिवादन गर्नेछन्।

ADVERTISEMENT