काठमाडौं। फिफा विश्वकप–२०२६ अन्तर्गत मेक्सिको सिटी रंगशालामा जारी समूह चरणको खेलमा कोलम्बियाले उज्वेकिस्तानविरुद्ध २–१ को अग्रता कायम राखेको छ।

खेलको ७०औँ मिनेटसम्म आइपुग्दा कोलम्बियाले दुई तथा उज्वेकिस्तानले एक गोल गरेको छ। पहिलो हाफको ४१औँ मिनेटमा डानिएल मुनोजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए।

विश्वकपमा पहिलोपटक सहभागिता जनाएको उज्वेकिस्तानले दोस्रो हाफमा ऐतिहासिक गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो। अब्बोसबेक फेजुल्लाएभले गोल गर्दै विश्वकपमा उज्वेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बन्न सफल भए।

ADVERTISEMENT

तर त्यसपछि कोलम्बियाले अर्को गोल थप्दै पुनः अग्रता कायम राखेको हो। खेलको अन्तिम २० मिनेट बाँकी रहँदा उज्वेकिस्तान बराबरी गोलको खोजीमा रहेको छ भने कोलम्बिया जित सुनिश्चित गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

ADVERTISEMENT

विश्वकप डेब्युमै उज्वेकिस्तानले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि अनुभवी टोली कोलम्बियाले खेलमा आफ्नो पकड कायम राखेको देखिएको छ।