काठमाडौैं । नेपाल प्रहरीका तीनवटा अनलाइन प्रणाली सेवा अवरुद्ध भएको छ । प्रहरीले प्राविधिक कारण देखाउँदै वेबसाइट, अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणाली र प्रहरी मोबाइल एपको प्रयोगमा अवरोध आएको जनाएको छ ।
प्रहरीले बुधबारका लागि मात्र तीनवटै अनलाइन प्रणालीमा सेवा अवरुद्ध हुने भन्दै सर्वसाधारण जनतालाई पर्नसक्ने असुविधाका लागि क्षमाप्रार्थी रहेको जनाएको छ ।
केही समयअघि पनि नेपाल प्रहरीको अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीमा अवरोध आएको भन्दै सेवा रोकेको थियो ।







