काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले बोलेको सीमा विवादको विषयलाई लिएर नेपाल विद्यार्थी संघले उनको राजीनामा माग गरेको छ ।

शुक्रबार त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

ADVERTISEMENT

देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको उनीहरूको भनाइ छ ।

त्रिचन्द्र क्याम्पसबाट सुरु भएको प्रदर्शनमा विद्यार्थीहरूले सरकार र प्रधानमन्त्रीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

ADVERTISEMENT

सीमा जस्तो गम्भीर राष्ट्रिय मुद्दामा सरकार प्रमुखबाटै आएको यस्तो हल्का भनाइले आमनेपाली नागरिकको भावनामा चोट पुगेको उनीहरूको भनाइ छ । नेविसंघले आफूले बोलेको विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताएको छ ।