काठमाडौं। सरकारले युद्ध प्रभावित मुलुकमा रहेका र ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको उद्धारलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले पश्चिमी एसियाली मुलुकहरूमा रहेका नेपालीहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो।

यसका लागि नेपाली राजदूतावासहरू रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मन्मा, मस्कट, इस्लामाबाद, काइरो र तेल अबिब तथा नेपाली महावाणिज्यदूतावासहरू जेद्दा र दुबईले आवश्यक व्यवस्थापन गर्ने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए 

सरकारले उद्धार अभियानलाई अझ सुसंगठित र समयमै प्रभावकारी बनाउन यी दूतावास र महावाणिज्यदूतावासहरूसँग समन्वय गरेर काम अगाडि बढाउने योजना बनाएको छ।