काठमाडौं । बुद्ध एयर नेपालको सबैभन्दा ठूलो र अग्रणी निजी हवाई सेवा प्रदायक कम्पनी हो । कम्पनीको वार्षिक आम्दानी मात्रै १५ अर्ब रुपैयाँ नाघिसकेको छ । तर बहुमत सेयरधनीको आडमा अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले कम्पनी चलाउन थालेपछि विवादले उग्र रूप लिएको छ ।

६० प्रतिशत सेयरको आडमा बस्नेतले ४० प्रतिशत सेयरधनीलाई निरन्तर पेल्न थालेपछि फुट देखिएको हो । सेयरधनीबीचकै विवादले कुनै पनि बेला बुद्ध एयर थला पर्ने देखिएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत हुन् । सुरेन्द्रबहादुरसँग बुद्ध एयरको सुरुमा ८० प्रतिशत सेयरको स्वामित्व रहेको थियो । वीरेन्द्रबहादुरको नाममा २० प्रतिशतमात्रै सेयर थियो । तर, २०७५ सालमा सुरेन्द्रले आफ्नो ८० प्रतिशतको सेयरमध्ये ४० प्रतिशत कान्छो छोरा शिवेन्द्र बस्नेतको श्रीमती, दुई छोरी र एक छोराको नाममा गरिदिए ।

‘६० प्रतिशत हिस्सेदारको नाममा काठमाडौंमा चारवटा घर, पोखरामा एउटा घर, रामेछाप, भैरहवा र भर्खरै खुलेको आरजु राइस मिलमा केही प्रतिशत बैंक ऋणसहित ५० करोड रुपैयाँ लगानी भएको छ । साथै, आरजु राइस मिलमा बुद्ध एयरका इन्जिनियरलाई फुलटाइम स्टाफको रूपमा काम गर्ने जिम्मेवारी दिएको र एयरलाइन्सको इन्जिनियरलाई चामल मिलको जिम्मेवारी दिनुले कम्पनीमा ठूलो आर्थिक घोटाला गरेको प्रस्ट हुन्छ,’

ADVERTISEMENT

बुद्ध एयर प्रा.लि.को कूल ५० लाख कित्ता सेयर छ । जसमा ६० प्रतिशत सेयर वीरेन्द्रबहादुर बस्नेतको परिवारको स्वामित्वमा रहेको छ । बुद्ध एयर प्रा.लि.को सेयर दर्ता किताबअनुसार १९ लाख, ८४ हजार पाँच सय, श्रीमती सुनिता बस्नेतको नाममा २४ लाख ९२ हजार २५०, जेठी छोरी आरजु बस्नेतको नाममा २७ लाख ४६ हजार १२५ र कान्छी छोरी आम्बा बस्नेतको नाममा ३० लाख कित्ता सेयर छ ।

कम्पनीको बाँकी ४० प्रतिशत सेयरमध्ये अर्चना बस्नेतको नाममा १२ लाख ५० हजार अर्थात् २५ प्रतिशत, जेठी छोरी शिवानी बस्नेत, कान्छी छोरी देव्यानी तथा छोरा आदर्श बस्नेतको नाममा जनही दुई लाख ५० हजार कित्ता सेयर अर्थात् पाँच–पाँच प्रतिशत सेयर स्वामित्व छ । यसरी बुद्ध एयरमा वीरेन्द्रबहादुरको ६० प्रतिशत र उनको भाइ्रको परिवारको स्वामित्वमा ४० प्रतिशत सेयर रहेको छ । तर पनि वीरेन्द्रबहादुरले बुद्ध एयर एकलौटी ढंगले चलाइरहेका छन् । यही कारण बुद्ध एयर कम्पनीमा विवाद चुलिएको हो ।

बुद्ध एअरको  ३५ प्रतिशत सेयरधनिहरु 

बुद्ध एयरको ४० प्रतिशत सेयर हिस्सेदार भए पनि वीरेन्द्रबहादुरले अहिलेसम्म कुनै पनि हरहिसाब पारदर्शी रूपले उपलब्ध नगराएको र कम्पनी एकल ढंगले चलाएपछि शिवेन्द्रको परिवार न्यायका लागि अदालतको ढोका ढकढक्याउन पुगेको छ । जिल्ला अदालत र उच्च अदालतमा बुद्ध एयरको सेयरका विषयमा अहिलेसम्म तीनवटा मुद्दा परिसकेको छ । तर वीरेन्द्रबहादुरको शक्ति र पहुँचका आधारमा अदालतले पेसी पर पर सार्दै आइरहेको छ ।

बुद्ध एयरसँग हाल एटीआर ४२ मोडेलका दुई र एटिआर ७२ मोडलका १६ वटा विमान छन् । यीमध्ये दुबै एटीआर ४२ मोडेलका विमान वायु सेवाबाट बिदाइ गर्ने समय नजिकिएको छ । एटीआर ७२ मोडेलकामध्ये दुईवटा जहाज मर्मत संभारका लागि थन्किएका छन् । बुद्ध एयर प्रा.लि.का एक सेयर सदस्यका अनुसार कम्पनीको ब्रान्ड भ्यालु ३५ अर्ब पुगेको छ । यदि अध्यक्ष वीरेन्द्रबहादुरले बहुमतको नाममा यसैगरी पेल्दै गएमा ४० प्रतिशत सेयर बेच्ने कि कम्पनी नै आफैंले किन्नेसम्मका तयारीसमेत अघि बढेको छ ।

कम्पनीको पैसा एकलौटी रूपमा खर्च गरी अन्यत्र सम्पत्ति जोडेको भेटिएपछि ४० प्रतिशत सेयर स्वामित्व रहेका सदस्यहरूले वीरेन्द्रबहादुरविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा हालेका छन् । तर शक्ति र पहुँचका आधारमा उनले आफूविरुद्ध छानबिन रोक्दै आएको बताइन्छ । बस्नेतले ४० प्रतिशत सेयर स्वामित्व हुनेलाई अहिलेसम्म कम्पनीको आम्दानीबाट एक रुपैयाँ पनि नदिएको उनीहरूको गुनासो छ ।

बुद्ध एयरको साधारणसभासमेत बोलाउन छाडियो

बुद्ध एयरको सञ्चालक समितिमा अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, उनकी श्रीमती सुनिता बस्नेत र देव्यानी बस्नेत गरी तीनजना छन् । कम्पनीको जति पनि निर्णय हुन्छ सबै वीरेन्द्रबहादुर र सुनिताले भनेअनुसार नै हुन्छ । देव्यानी थपना गरिएकी सञ्चालक सदस्य मात्र हुन् । ‘ख’ वर्गको सेयरधनीको बहुमतबाट छानिनुपर्ने एकजना संचालक पनि बिरेन्द्र बहादुरले जबर्जस्ति ‘क’ बर्गको बहुमत देखाउदै  थपना गरिए सरह देव्यानीलाइ  सञ्चालक नियुक्त गरेका छन् । उनी ‘ख’ वर्गको सेयरधनीको तर्फबाट सञ्चालक सदस्य छिन् । उनलाई समेत साधारणसभाले गर्ने निर्णय र कम्पनीको गतिविधिबारे केही थाहा हुन्न ।

पछिल्लो समय कम्पनीको साधारणसभाबारे आफूहरूलाई जानकारीसमेत नदिने गरेको भतिजी शिवानी बस्नेत बताउँछिन् । उनी अमेरिकाको क्यालिफोर्नियामा पाइलट अध्ययन पूरा गरी काम गर्दै आएकी छन् । उनले पछिल्लो समय बुद्ध एयरको व्यावसायिक अवस्था कस्तो छ भन्नेमा आफूहरूलाई कुनै जानकारी नभएको बताइन् ।

‘हाम्रो परिवारमा बुद्ध एयर प्रालिको ४० प्रतिशत सेयर स्वामित्व छ । तर हामीलाई कम्पनी कसरी चलिरहेको छ, वार्षिक आम्दानी कति छ ? के कस्तो निर्णय गरिएको छ, लाभांश कति वितरण गरिएको छ ? भन्ने जस्ता जानकारीसमेत दिइँदैन,’ शिवानीले भनिन् । कम्पनीको गतिविधिका विषयमा आफैंले निवेदन हालेर जानकारी माग्नुपर्ने अवस्था रहेको उनले बताइन् । कतिसम्म भने ४० प्रतिशत सेयरधनीका परिवारलाई बुद्ध एयरमा इन्ट्रीमसमेत छैन । आफ्नो स्वामित्वमा ४० प्रतिशत सेयर भए पनि उनीहरूले बुद्ध एयरको आम्दानी उपभोग गर्न पाएका छैनन् ।

कम्पनीको पैसा बाट व्यक्तिगत खर्च गर्छन् वीरेन्द्रबहादुर

एयरक्राफ्ट ९०० डी बेच्दा र विभिन्न मितिमा १७ वटा एटीआर विमान खरिद गर्दा ४० प्रतिशत सेयर स्वामित्व भएका सेयरधनीसँग समेत कुनै समन्वय र सल्लाह नभएको शिवानीले बताइन्

अहिले अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतको जुन हैसियत बनेको हो, त्यो सबै बुद्ध एयरलाइन्सबाट आर्जित सम्पत्तिकै कारण हो । ३५ अर्बभन्दा बढी मूल्यको कम्पनीमा वीरेन्द्रबहादुरको सेयर स्वामित्व ६० प्रतिशत मात्रै हो । तर एयरलाइन्स कम्पनीबाट आम्दानी भएको ठूलो रकम घोटाला गरी उनले अन्य क्षेत्रमा सम्पत्ति जोड्ने गरेको देखिएको छ । बस्नेतले व्यक्तिगत रूपमा काठमाडौंमा बनाएका चारवटा घरको कमाइको स्रोत पनि एयरलाइन्स कम्पनी भएको शिवानी बताउँछिन् । त्यति मात्र होइन, विराटनगरमा बस्नेतले ५० करोड लागतमा खोलेको आरजू राइस मिलको पैसा पनि बुद्ध एयरलाइन्स कम्पनीकै भएको उनको भनाइ छ । तर त्यसमा ४० प्रतिशत सेयर स्वामित्व भएकालाई पूरै बाइपास गरिएको छ ।

बुद्ध एयरको जहाज बेच्दा र खरिद गर्दाको हिसाबकिताब पनि पारदर्शी छैन । एयरक्राफ्ट ९०० डी बेच्दा र विभिन्न मितिमा १७ वटा एटीआर विमान खरिद गर्दा ४० प्रतिशत सेयर स्वामित्व भएका सेयरधनीसँग समेत कुनै समन्वय र सल्लाह नभएको शिवानीले बताइन् । छैन । ‘६० प्रतिशत हिस्सेदारको नाममा काठमाडौंमा चारवटा घर, पोखरामा एउटा घर, रामेछाप, भैरहवा र भर्खरै खुलेको आरजु राइस मिलमा केही प्रतिशत बैंक ऋणसहित ५० करोड रुपैयाँ लगानी भएको छ । साथै, आरजु राइस मिलमा बुद्ध एयरका इन्जिनियरलाई फुलटाइम स्टाफको रूपमा काम गर्ने जिम्मेवारी दिएको र एयरलाइन्सको इन्जिनियरलाई चामल मिलको जिम्मेवारी दिनुले कम्पनीमा ठूलो आर्थिक घोटाला गरेको प्रस्ट हुन्छ,’ उनले भनिन् ।

बस्नेतकाे अस्थिर चरित्र

वीरेन्द्रबहादुरले बुद्ध एयरलाइन्सकै पैसाले केही समयअघि गतिशील नेपाल पार्टी खोलेका थिए । तर चुनावमा लज्जास्पद मत आएपछि उनले अहिले आफू त्यस पार्टीमा नरहेको घोषणा गरेका छन् । उनले ‘उकालो’ नामक अनलाइन सञ्चालन गरिरहेका छन् । जसमा सुरुमै पाँच करोड लगानी गरेको विवरण बुद्ध एयरलाइन्सको अडिट रिपोर्टमा उल्लेख गरेका छन् ।

कम्पनीको पैसा एकलौटी रूपमा खर्च गरी अन्यत्र सम्पत्ति जोडेको भेटिएपछि ४० प्रतिशत सेयर स्वामित्व रहेका सदस्यहरूले वीरेन्द्रबहादुरविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा हालेका छन् । तर शक्ति र पहुँचका आधारमा उनले आफूविरुद्ध छानबिन रोक्दै आएको बताइन्छ । बस्नेतले ४० प्रतिशत सेयर स्वामित्व हुनेलाई अहिलेसम्म कम्पनीको आम्दानीबाट एक रुपैयाँ पनि नदिएको उनीहरूको गुनासो छ ।

हाल हिमालयन बैंकसमेतको ऋण लगानीमा बुद्ध एयर प्रालिले दुईवटा विमान खरिद गर्ने प्रक्रियामा रहेको तथा त्यसका लागि केही अग्रिम रकमसमेत भुक्तानी भएको सुने पनि आफूहरूलाई पूरै बेवास्ता गरेको उनले बताइन् । धेरैपटक कम्पनीको हिसाब खोज्दा पनि कुनै जवाफ नदिनुले धेरै आशंका उब्जेको उनको भनाइ छ । २०७५ सालदेखि आफ्नो परिवारको नाममा सेयर आउन थालेको जानकारी गराउँदै उनले भनिन्, ‘त्यतिबेला डिभिडेन्ट पनि आएको हो, तर कति सेयरमा भन्ने कुनै जानकारी छैन ।’

बहुमत सेयर स्वामित्वका आधारमा बुद्ध एयरलाइन्सले गरेका कारोबारका सम्बन्धमा भएका आवश्यक प्रक्रियालाई स्थगित गरेर सहयोग गर्न सम्बन्धित बैंकलाई आग्रह गर्दासमेत बैंकले कुनै जवाफ नदिएपछि आफूहरूले राष्ट्र बैंकमा पनि उजुरी दिएको उनले बताइन् । कम्पनी रजिस्ट्रारको कार्यालयमा सेयर लगानीकर्ताको हकदारको हैसियतमा कम्पनीको वास्तविक अवस्था र त्यहाँ पेस गरिएका कागजपत्रका विषयमा जानकारी माग गरिएको शिवानी बताउँछिन् ।