काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको छ । मेडिसिटी अस्पतालका चिकित्सकका अनुसार सुधार जारी रहे सोमबारसम्ममा उनलाई डिस्चार्ज गरिने छ ।

माइल्ड निमोनिया’ देखिएपछि प्रचण्डको नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना गरी उपचार भइरहेको छ । केही दिनदेखि ज्वरो आएको थियो । परीक्षणमा निमोनिया देखिएपछि चिकित्सकले भर्ना हुन सुझाव दिएका थिए । उनलाई उपचारका लागि शनिबार बिहान मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

ADVERTISEMENT

प्रचण्ड जेठ ७ र ८ गते सुदूरपश्चिमस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा गएर फर्किएदेखि अस्वस्थ भएका थिए ।प्रचण्डलाई अस्पतालमा भेटेका युवा नेता रामप्रसाद सापकोटाले प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएका छन् ।

‘स्वास्थ्य अवस्था सुधारोन्मुख छ, हल्का निमोनिया देखिएपछि अहिले उपचार चलिरहेको छ । भोलिसम्म हस्पिटलमै बसेर डिस्चार्ज हुँदै हुनुहुन्छ,’ उनले लेखेका छन् ।

ADVERTISEMENT