काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ भाव र सामाजिक सन्देश बोकेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ । शंकर पाण्डे मुक्तिको प्रस्तुति रहेको गीत बिहीबार मानव सेवा आश्रममा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गीतको विमोचन गरेका हुन् ।

गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ । गीतको शब्द पाण्डे र गायन प्रमोद खरेलको छ । संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।

ADVERTISEMENT

गीतको भिडियो निर्देशक माधवराज खरेलले तयार गरेका हुन् । भिडियोले पारिवारिक सम्बन्ध, संघर्ष र जीवनका विभिन्न आयामलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

ADVERTISEMENT

भिडियोमा कलाकारहरू दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजाललगायतको अभिनय छ । साथै, बाल कलाकार आयुश पाण्डे, मीरु पराजुली, समझ पाण्डे, अमानी पाण्डे र आर्जन पाण्डेको अभिनयले भिडियो उत्कृष्ट बनेको छ । भिडियोको छायांकन अजय रेग्मी र सम्पादन विनोद बमले गरेका हुन् ।

सर्जक पाण्डेले गीत केवल मनोरञ्जनका लागि मात्र नभई समाजप्रतिको उत्तरदायित्वबोधका साथ तयार गरिएको बताए । उनले भिडियोबाट प्राप्त आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा गर्दै कला र मानवीय सेवाबीचको सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको धारणा राखे ।

ADVERTISEMENT

https://mail.google.com/mail/u/0/#inbox/FMfcgzQgMCZWrPRTmGzSvVRRHlQqGQSG?projector=1