काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्ष पदमा उत्तम केसी विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा केसीले २१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी सबिन श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो ।
उपाध्यक्षद्वयमा पूजना प्रधान र शिवहरि बैरागी विजयी भएका छन् । पूजनाले १४४ र शिवहरिले १४६ मत प्राप्त गरे ।
महासचिव पदमा सुनील कटवाल १९५ मतसहित विजयी भए । पराजित रामेश्वर बुर्लाकोटीले १२५ मत प्राप्त गरे । सचिव पदमा गोपाल ढकाल २१४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी पल्पसा डंगोलले ११० मत प्राप्त गरिन् ।
कोषाध्यक्ष पदमा तेजुला खतिवडा १४९ मतसहित निर्वाचित भइन् । पवित्रा आचार्यले १०६ र खुश्व खड्काले ५८ मत प्राप्त गरे । सहकोषाध्यक्षमा पवन केसी १६१ मतसहित विजयी भए भने गीता नेपालले १५३ मत प्राप्त गरिन् ।
सदस्य पदमा १० जना विजयी भएका छन् । विजयी हुनेहरूमा इन्द्रबहादुर लामा (खम्बे), चन्द्रकला (मोनिका) दाहाल, चन्द्रकला राई (लब्ली संगम), छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई तथा सुलेमान शंकर इकु छन् ।





