काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस नेता इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।

बानियाँले सम्पत्ति लुकाएको साथै अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागले अनुसन्धान थालेको हो ।

विभागको टोलीले काठमाडौस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र ललितपुरको खुमलटारस्थित घरमा छापा मारेको स्रोतले जानकारी दियो । बानियाँ ‘ए’ वर्गका ठेकेदारसमेत हुन् ।

ADVERTISEMENT

बानियाँ ठेकेदार कम्पनीले देशका विभिन्न सडक र पुलको ठेक्का लिएर वर्षौंदेखि अलपत्र पारेको आरोप लागेको छ । सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको विषयमा मुख्यमन्त्री बानियाँको निजी सचिवालयले अनभिज्ञता प्रकट गरेको छ ।

ADVERTISEMENT

 

ADVERTISEMENT