काठमाडौं। एनएमबि बैंकलाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेबापत जर्मनीको कमर्ज बैंक एजी (Commerzbank AG) बाट प्रतिष्ठित ‘एसटीपी अवार्ड २०२५’ प्रदान गरिएको छ।

यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मानका रूपमा चिनिन्छ, जुन पूर्ण रूपमा स्वचालित, छिटो र त्रुटिरहित भुक्तानी प्रक्रिया सुनिश्चित गर्ने सीमित बैंकहरूलाई मात्र प्रदान गरिन्छ।

ADVERTISEMENT

एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्थाबीचको रकम स्थानान्तरण प्रक्रियामा उच्च गुणस्तर, दक्षता र विश्वसनीयता कायम राख्दै आएको मूल्यांकनका आधारमा उक्त अवार्ड प्राप्त गरेको हो। यसले बैंकको प्राविधिक क्षमता, कार्यगत अनुशासन र ग्राहकप्रति प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।

ADVERTISEMENT

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले यो उपलब्धि ग्राहकलाई सरल र सहज अन्तर्राष्ट्रिय बैंकिङ सेवा उपलब्ध गराउने निरन्तर प्रयासको परिणाम भएको बताएका छन्। उनले उच्च मापदण्ड कायम राख्दै छिटो, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याए।

यस अवार्डसँगै एनएमबि बैंक अन्तर्राष्ट्रिय व्यापार, लगानी र वित्तीय कारोबारका लागि विश्वसनीय साझेदारका रूपमा अझ सुदृढ बनेको छ।

ADVERTISEMENT

हाल बैंकले देशभर १९८ शाखा, १८४ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ। डिजिटल बैंकिङ र अन्तर्राष्ट्रिय कारोबारमा गुणस्तर सुधार गर्दै अघि बढिरहेको बैंकले आगामी दिनमा पनि ग्राहक केन्द्रित सेवा विस्तारलाई प्राथमिकता दिने जनाएको छ।