काठमाडौं। एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२५ (इन्टरप्राइज क्षेत्र) प्राप्त गरेको छ।

यो प्रतिष्ठित अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी वित्तीय सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूलाई प्रदान गरिन्छ। एनएमबि बैंकले नयाँ डिजिटल माध्यमहरू मार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान हासिल गरेको हो।

बैंकका अनुसार, यस उपलब्धिले एनएमबि बैंकको डिजिटल प्रवर्धन र ग्राहककेन्द्रित सेवाप्रति गरेको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै निरन्तर नवप्रवर्तन गर्दै आएको छ।

आईसीटी अवार्ड नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो सम्मान हो, जसले डिजिटल उत्कृष्टतालाई प्रोत्साहन गर्छ।