काठमाडौं । एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरु सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै प्लाटिनम डेबिट डिलाइट र प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको हो।

यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले लिएको छ।

ADVERTISEMENT

नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथै विमानस्थलहरूमा लाउन्ज सुविधा पाउनेछन् विशेषगरी धेरै यात्रा गर्ने र बैंकिङ सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि प्लाटिनम डेबिट डिलाइट कार्ड निकै उपयोगी हुने देखिन्छ।

ADVERTISEMENT

यस कार्डमार्फत ग्राहकहरूले नेपालभरका कुनै पनि बैंकको एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् भने भारतमा नगद झिक्दा समेत विशेष सहुलियत पाइनेछ।

डिजिटल बैंकिङमा सधैं अगाडि रहने एनएमबि बैंकले आफ्ना ग्राहकलाई विशेष अनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधाहरू ल्याएको बताएको छ। यी नयाँ विशेषताहरूले ग्राहकहरूलाई उत्कृष्ट डिजिटल बैंकिङ अनुभव र विशिष्ट पहिचान प्रदान गर्नेमा बैंक विश्वस्त रहेको जनाएको छ।

ADVERTISEMENT

यी नयाँ कार्डहरूबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकहरूले आफ्नो नजिकैको एनएमबि बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने जनाइएको छ।

एनएमबि बैंकले हाल देशभर रहेका २०२ शाखा, १८४ एटिएम र ९ वटा एक्स्टेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई भरपर्दो वित्तीय सेवा दिँदै आएको छ।