काठमाडौं । एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित साधारणसभामा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरुको उपस्थिति थियो ।
साधारणसभा एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा सहभागी सेयरधनीहरूले बैंकका विविध पक्षमाथि छलफल गरेका थिए ।
वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा दुई अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै २८३.६५ अर्ब निक्षेप संकलन र २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले हाल देशभरी २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।








