काठमाडौं । राजस्व संकलनको गति हेर्दा यस वर्ष हिमाल आरोहण गतिविधि उल्लेखनीय रूपमा बढेको छ। पर्यटन विभागका अनुसार बिहीबारसम्म ९४४ जना विदेशी तथा स्वदेशी पर्वतारोहीले ३० वटा हिमाल आरोहणका लागि अनुमति प्राप्त गरेका छन्।

विभागले सार्वजनिक गरेको साप्ताहिक विवरणअनुसार यस अवधिमा पर्वतारोहणमार्फत १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ। यसमध्ये सबैभन्दा धेरै आम्दानी सगरमाथाबाट भएको छ।

सगरमाथा आरोहणका लागि मात्रै ४१ समूहका ४१० जनाले अनुमति लिएका छन्। यसबाट ८९ करोड ३ लाख रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ। सगरमाथामा यस सिजन ९७ जना महिला आरोहीले पनि अनुमति लिएको उल्लेख गरिएको छ, जसले पर्वतारोहणमा महिलाको सहभागिता बढ्दो रहेको संकेत गर्छ।

ADVERTISEMENT

अन्य प्रमुख हिमालहरूमा पनि उल्लेख्य चाप देखिएको छ। लोत्सेका लागि ७ समूहका ८६ जना, आमादब्लमका लागि ८ समूहका ९२ जना, मकालु हिमालका लागि ५४ जना र हिमलुङ हिमालका लागि ५ समूहका ४४ जनाले आरोहण अनुमति लिएका छन्।

ADVERTISEMENT

देशअनुसार हेर्दा यस वर्ष पर्वतारोहणका लागि सबैभन्दा बढि चीनबाट १२७, संयुक्त राज्य अमेरिकाबाट १००, बेलायतबाट ६४, रुसबाट ६० तथा अष्ट्रेलियाबाट २२ जनाले अनुमति लिएका छन्।

ADVERTISEMENT

पर्वतारोहण गतिविधिमा देखिएको यो उत्साहले नेपालको पर्यटन क्षेत्र पुनः सशक्त बन्दै गएको संकेत गरेको छ। विज्ञहरूका अनुसार हिमाल आरोहणबाट हुने आम्दानीले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।