काठमाडौं । रसुवामा आएको बाढीका कारण ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएका छन्।

तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली आसपासका क्षेत्रमा रहेका बैंकका शाखा कार्यालयहरूमा ठूलो क्षति पुगेको छ। नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार ८ शाखामा कार्यरत २६ कर्मचारीसँग हालसम्म सम्पर्क हुन सकेको छैन।

टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका बैंकका शाखा कार्यालयहरू पूर्णरूपमा क्षतिग्रस्त भएको शर्माले बताएका छन्। बाढीबाट ९ वटा बैंक शाखामा क्षति पुगे पनि सम्पर्कविहीन कर्मचारी भने ८ शाखाका रहेका छन्।

ADVERTISEMENT

बाढीबाट प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंकमाछापुच्छ्रे बैंकका शाखा कार्यालयमा क्षति पुगेको जनाइएको छ।

ADVERTISEMENT

बाढी प्रभावित क्षेत्रमा पुग्न सक्ने अवस्था नरहेको तथा फोन र इन्टरनेटका टावरमा समेत क्षति पुगेकाले सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ। बैंकर्स एसोसिएसनले अहिले भौतिक क्षतिभन्दा सम्पर्कविहीन कर्मचारीको अवस्था पत्ता लगाउनुलाई पहिलो प्राथमिकता दिएको जनाएको छ।

ADVERTISEMENT

यता, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अनुसार रसुवा क्षेत्रमा रहेका विकास बैंकहरूमा भने हालसम्म कुनै क्षति भएको छैन।