काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले उनीहरूलाई ७ दिन हिरासतमा राख्ने आदेश दिएको हो।

अनुसन्धान विभागले भने उनीहरूलाई ३० दिनसम्म हिरासतमा राख्न अनुमति मागेको थियो। विभागका अनुसार भट्ट र अग्रवालमाथी गरिएको अनुसन्धान अन्तिम चरणमा पुगेको छ र सम्पत्ति शुद्धीकरणसँगै बीमा ऐन तथा धितोपत्र ऐन अन्तर्गतका कसुरबारे पनि छानबिन भइरहेको छ।

राय प्रतिवेदन तयार गर्न समय आवश्यक भएको भन्दै अदालतले ७ दिनको म्याद थप गरेको हो।