काठमाडौं । नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरबारमा परराष्ट्रमन्त्री खनालसँग उनले शिष्टाचार भेट गरेका हुन् । उनी परराष्ट्रमन्त्री खनालसँग भेटका लागि बिहान साढे ९ बजे परराष्ट्र मन्त्रालय पुगेका थिए ।

भेटघाटका क्रममा व्यापार र लगानीमा ध्यान केन्द्रित गर्नुका साथै नेपाल अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कपुरले लगत्तै अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेका छन् । मन्त्रीसँगै कार्यवाहक अमेरिकी राजदूत स्कट उरवम पनि भेटघाटमा सहभागी छन् ।