काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले साइप्रसमा रहेका नेपाली नागरिकको अवस्थाबारे चासो व्यक्त गरेका थिए।
त्यसैगरी, दुवै पक्षबीच बहुपक्षीय मञ्चमा आपसी हित र सहकार्यलाई अघि बढाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।








