काठमाडौं । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा परिचित अग्रणी कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ । आफ्नो सेवा थप विस्तार गर्दै कजारियाले इमाडोलस्थित रातामकै चोक ललितपुरमामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
छायाँ हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा.लि.द्वारा सञ्चालित उक्त शोरुम वैशाख ४ गते शुक्रबार दिउँसो २ बजे औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा कम्पनीका कन्ट्री म्यानेजर अभ्यास तिवारीको उपस्थिति थियो । तिवारीले रिबन काटेर शोरुम उद्घाटन गर्दै ललितपुर तथा आसपासका ग्राहकलाई विश्वस्तरीय टायल सहजरुपमा उपलब्ध गराउने उद्देश्य रहेको बताए ।
कार्यक्रममा बोल्दै तिवारीले छायाँ हार्डवेयरसँगको सहकार्यले स्थानीय बजारमा कम्पनीको पहुँच अझ मजबुत हुने विश्वास व्यक्त गरे । ‘यो शोरुम केवल विक्री केन्द्र मात्र नभई ग्राहकहरूले प्रेरणा, नवप्रवर्तन र उत्कृष्ट टायल समाधान अनुभव गर्न सक्ने गन्तव्यका रूपमा विकास गरिएको छ’, उनले भने ।
नयाँ शोरुममा सिरेमिक तथा भिट्रिफाइड टायल्सका आधुनिक डिजाइन, आकर्षक फिनिस र उच्च प्रदर्शनयुक्त उत्पादनहरूको विस्तृत संग्रह राखिएको छ । जसले आधुनिक वास्तुकला तथा आन्तरिक सजावटका आवश्यकताहरू पनि पूरा गर्ने कम्पनीको दाबी छ ।
कजारिया रमेश टायल्स लिमिटेडले नेपालमै टायल उत्पादन उद्योगमार्फत अन्तर्राष्ट्रिय गुणस्तरका तीन हजारभन्दा बढी डिजाइनका टायल उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीले हाल देशभर एक सयभन्दा बढी शोरुममार्फत आफ्नो सञ्जाल विस्तार गरिसकेको छ ।
कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल तथा सेरामिक वाल टायल समावेश छन्, जुन पानी तथा दाग प्रतिरोधी, बलियो र दीगो विशेषतासहित उपलब्ध रहेको कम्पनीले जनाएको छ ।






