काठमाडौँ ।इस्लामिक रेभोसुल्नेरी गार्ड  (आईआरजीसी) ले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण इस्ट्रेट अफ होर्मुज़ लाई पुनः कडा नियन्त्रणमा लिएको जनाएको छ। अमेरिकाले इरानी बन्दरगाहहरूमाथि लगाएको नाकाबन्दी जारी राखेकाले इस्ट्रेट अफ होर्मुज़ “पहिलेकै अवस्थामा फर्किएको” दाबी गरिएको हो।

इरानी सरकारी सञ्चारमाध्यम आइआरआइबि  मा उद्धृत आईआरजीसीको संयुक्त सैन्य कमाण्डको वक्तव्यमा अमेरिकामाथि “समुद्री डकैती र लुटपाट” जस्ता गतिविधि गरेको आरोप लगाइएको छ। “इरानबाट आउने–जाने जहाजहरूलाई अमेरिकाले पूर्ण स्वतन्त्र आवागमन सुनिश्चित नगरिएसम्म इस्ट्रेट अफ होर्मुज़ कडा निगरानी र नियन्त्रणमै रहनेछ,” वक्तव्यमा उल्लेख छ।

यसअघि युद्धविरामको सन्दर्भमा केही समयका लागि इस्ट्रेट अफ होर्मुज़ आंशिक रूपमा खुला गरिएको थियो र केही जहाजहरूले आवागमनसमेत गरेका थिए। तर, अमेरिकाले आफ्नो नाकाबन्दी नहटाएको भन्दै इरानले पुनः कडाइ गरेको हो।

ADVERTISEMENT

इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले इस्ट्रेट अफ होर्मुज़ सम्बन्धी निर्णय “स्थलस्थितिका आधारमा हुने, सामाजिक सञ्जालका भनाइले निर्धारण नगर्ने” स्पष्ट पारेका छन्। उनले अमेरिकाका दाबीहरू “भ्रामक” रहेको आरोप लगाउँदै वार्तामा पनि त्यस्ता दाबी प्रभावकारी नहुने बताएका छन्।

ADVERTISEMENT

यसैबीच, इरानले इस्ट्रेट अफ होर्मुज़ हुँदै हुने आवागमनलाई नयाँ नियमअनुसार सञ्चालन गर्ने संकेत दिएको छ। व्यापारिक जहाजलाई सीमित रूपमा अनुमति दिने तर सैन्य जहाजमाथि कडाइ गर्ने सम्भावना व्यक्त गरिएको छ। साथै, इस्ट्रेट प्रयोग गर्ने जहाजहरूबाट शुल्क लिने विषय पनि छलफलमा रहेको बताइएको छ।

ADVERTISEMENT

अर्कोतर्फ, इरानी सुरक्षा निकायले अमेरिका,अमेरिका र बेलायतसँग सम्बन्धित भनिएका जासुसी सञ्जालहरू विघटन गरिएको दाबी गरेको छ। फार्स समाचार संस्था का अनुसार ती समूहहरू देशभित्र अस्थिरता फैलाउने र गुप्तचर गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ।

विश्लेषकहरूका अनुसार इस्ट्रेट अफ होर्मुज़ विश्वको प्रमुख तेल आपूर्ति मार्गमध्ये एक भएकाले यहाँको अवस्थाले विश्व अर्थतन्त्रमा प्रत्यक्ष असर पार्न सक्छ। यस्तो अवस्थामा इरानले यस मार्गलाई वार्तामा दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गर्न खोजेको संकेत देखिएको छ।

हालको परिस्थितिले क्षेत्रीय तनाव अझै कायम रहेको देखाउँछ। आगामी दिनमा अमेरिका–इरान सम्बन्ध र वार्ताको प्रगतिअनुसार इस्ट्रेट अफ होर्मुज़को अवस्था थप परिवर्तन हुन सक्ने अनुमान गरिएको छ।