काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ९१ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बुल्गेरिया पठाइदिने भन्दै रकम असुली गरेको अभियोगमा सल्ल्यान शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र वनगाड कुपिन्डे नगरपालिका–८ का २४ वर्षीय घने बुढालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार अभियुक्तहरूले वैदेशिक रोजगारीको नाममा सर्वसाधारणलाई आकर्षक तलब र सुविधा दिलाइदिने भन्दै ठगी गरेका थिए।पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।




