काठमाडौं । खुकुरी प्रहार गरी पोिखरामा एक महिलाको हत्या गरिएको छ। प्रहरीका अनुसार बुधबार साँझ ७ बजेर ८ मिनेटतिर मुख्य बजार क्षेत्र पोखरा महानगरपालिका– ८ शिवालय चोकमा मालेपाटनकी ४२ वर्षीया सिर्जना पौडेल केसीलाई अपरिचित समूहले खुकुरी प्रहार गरी हत्या गरेको हो।

गम्भीर घाइते केसीलाई तत्कालै गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट केसीको टाउकोमा गम्भीर चोट लागेको थियो । केसीले पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आएकी थिइन्। सडकपेटीमा उभिरहेकी केसीमाथि पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ADVERTISEMENT

घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रमाण संकलनका साथै हत्यामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ। घटनामा संलग्नहरू फरार छन्। हत्याको घटनाले पोखरा त्रसित बनेको छ। तर हत्यारा को हो भन्ने पत्ता लाग्न सकेको छैन।

ADVERTISEMENT

सामाजिक सञ्जालतिर ती महिलाले हत्या हुनुअघि अर्की महिलासँग कुरा गरेको भिडिओ छ्यासछ्यास्ती भएको छ। प्रहरीले वरपरका घरमा रहेका र सार्वजनिक भएका सीसी क्यामेराबाट खिचिएको भिडिओ अध्ययन गरिरहेको छ।