काठमाडौं । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा गठ्ठाघरमा अवस्थित जर्मन होम्स् होटलले ‘न्यु इयर इभ सेलिब्रेसन’ गर्ने भएको छ ।
कार्यक्रममा चर्चित गायक विश्व नेपाली र उनको ब्याण्डको लाइभ प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ । कार्यक्रमलाई रेडियो जकी महिना भट्टराईले सञ्चालन गर्नेछिन् ।
नृत्य प्रस्तुतितर्फ रोसिका राउत (डान्स च्याम्पियन नेपाल सिजन १ की विजेता) र विरेन श्रेष्ठ (नेपहोलिक क्रु, डान्स प्लस सिजन ३) को विशेष प्रस्तुति रहनेछ । यससँगै लोकप्रिय डीजेहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा आकर्षक काउन्टडाउन सेलिब्रेसनले कार्यक्रमलाई अझ जीवन्त बनाउने होटल व्यवस्थापनले जनाएको छ ।
‘न्यू इयर इभ सेलिब्रेसन’ सँगै सोही समयमा होटलमा नयाँ कोठा लन्चसमेत गरिने जर्मन होम्स्ले जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा उदाउँदै गरेको आधुनिक आतिथ्य गन्तव्यका रूपमा आफूलाई स्थापित गर्दै आएको सो होटलले सेवा विस्तारसँगै पर्यटक तथा ग्राहकलाई नयाँ अनुभव दिने लक्ष्य राखेको जनाएको छ ।
कार्यक्रममा सहभागी पाहुनाका लागि असीमित गाला डिनर, विविध परिकारसहितको फुड एन्ड बेभरेज सेवा तथा परिवार, कर्पोरेट समूह र पर्यटकलाई लक्षित विशेष आतिथ्य व्यवस्था गरिएको छ ।
होटल व्यवस्थापनका अनुसार गठ्ठाघर क्षेत्रलाई नयाँ पर्यटन तथा लाइफ स्टाइल हबका रूपमा विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो ।










