काठमाडौँ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि अब शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ ।

आइतबार बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म पाँचै दिन सेयर कारोबार हुने निर्णय गरेको हो । यो निर्णय यही सातादेखि लागू हुनेछ ।

ADVERTISEMENT

अब आइतबार भने सेयर बजार बन्द रहनेछ । यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुँदै आएको थियो । यसरी आइतबारको साटो शुक्रबार बजार खोल्ने निर्णय भए पनि कारोबार समय भने ११ बजेदेखि ३ बजेसम्म नै यथावत् राखिएको छ ।

यसअघि २०७९ जेठ १ देखि सरकारले शनिबार र आइतबार सरकारी संस्थालाई बिदा घोषणा गरेपछि नेप्सेले शुक्रबार पनि बजार सञ्चालन गरेको थियो । त्यतिबेला पनि शनिबार र आइतबार बजार बन्द गरी सातामा पाँच दिन नै सञ्चालन भएको थियो ।