काठमाडौं । काठमाडौं उपत्यकाको प्राचीन शहर भक्तपुरमा मनाइँदै आएको १५०० वर्षभन्दा पुरानो ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा नजिकिएसँगै श्री भैरवनाथको रथ निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको छ ।

बिस्काःभक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने गरिन्छ । काठमाडौँ उपत्यकाको पुरानो परम्परागत सांस्कृतिक जात्रामध्ये बिस्काः जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माण कार्यका लागि अहिले स्थानीय गुठियारहरु लागिपरेका छन् ।

लिच्छवीकालदेखि सुरु भएको यो ऐतिहासिक जात्राको पहिलो दिन श्रीभैरवनाथ र श्रीभद्रकालीको रथ तानेर सुरु गरिन्छ । यसपालिको बिस्काः जात्रा चैत्र २७ गतेदेखि सुरु हुनेछ।