काठमाडौं । भुवन केसीले निर्देशन गरेको अनमोल केसी र प्रिन्सी खतिवडा अभिनति ‘बाटुलो जून’ आगामी दसैंमा रिलिज हुने भएको छ ।

अनमोलको जन्मदिनको अवसर पारेर निर्देशक भुवन केसीले सोमबार ‘बाटुलो जून’ को प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

‘अनमोलको जन्मदिनको अवसरमा हाम्रो चलचित्र बाटुलो जूनको प्रदर्शन मिति सार्वजनिक गरेका छौं । चलचित्र असोज ३० गते फूलपातिको पूर्वसन्ध्यामा देशैभरका सिनेमाहलहरुमा लाग्नेछ । हामीले निर्माण गरेका चलचित्रलाई यहाँहरुले सधैं माया, प्रेम र स्नेह दिँदै आउनु भएको छ । यसका लागि हामी यहाँप्रति सदा अनगृहित छौं र बाटुलो जूनलाई पनि पहिले झैं माया दिनुहुनेछ भन्ने विश्वास लिएका छौं,’ भुवनले भनेका छन् । भुवनले चलचित्र प्रेम कथात्मक रहेकाे बताएका छन् । सानाे बजेटमा चलचित्र बनेकाे हाे ।

अनमाले ‘जेरी अन टप’ पनि नयाँ चलचित्रमा देखिन लागेका हुन् । ‘जेरी अन टप’ ले १५ करोडभन्दा माथिको कमाइ गरेको थियो । आगामी दसैंमा दीपेन्द्र लामाले निर्देशन गरेको ‘छ माया छपक्कै २’ पनि रिलिज हुने भएको छ । जसलाई दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेका हुन् ।