काठमाडौं।  एमाले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा (एमाले)ले आज (चैत १६) पनि प्रदर्शन गर्ने भएको छ। पार्टीका अनुसार दिउँसो काठमाडौंको माइतीघर क्षेत्रमा विरोध कार्यक्रम आयोजना गरिनेछ।

गत शनिबार (चैत १४) प्रहरीले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको थियो। त्यसयता एमालेले निरन्तर रूपमा विरोध प्रदर्शन गर्दै आएको छ।

ADVERTISEMENT

एमालेले आफ्ना अध्यक्षको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहा गर्न माग गरेको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले विभिन्न स्थानमा प्रदर्शन गर्दै सरकारको कदमको विरोध जनाइरहेका छन्।

प्रदर्शनका क्रममा माइतीघर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने अनुमान गरिएको छ। यसअघि भएका प्रदर्शनहरूमा नाराबाजी, जुलुस तथा विरोध सभा आयोजना गरिएको थियो।

ADVERTISEMENT