काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी  ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई एकै स्थानमा राख्ने तयारी भइरहेको छ।

शनिबार बिहान पक्राउ गरिएका दुवै जनालाई महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिने जानकारी प्रहरीले दिएको छ।

ADVERTISEMENT

लेखकलाई स्वास्थ्य परीक्षणपछि २ नम्बर गणमा लगिएको छ भने मिर्गौलासम्बन्धी स्वास्थ्य समस्या भएका ओलीलाई अस्पतालमा नराखी त्यहीँ गणमै राख्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारीले बताए।

ओलीलाई भक्तपुरको गुन्डुस्थित निवासबाट पक्राउ गरिएको थियो भने लेखकलाई भक्तपुरको कटुन्जेबाट नियन्त्रणमा लिइएको थियो। प्रहरीले हिरासत व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिरहेको छ।

ADVERTISEMENT

यो कदम जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धान प्रक्रिया र सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै अघि बढाइएको बताइएको छ।