सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा शुक्रबार साँझ बस पल्टँदा १७ जना यात्रु घाइते भएका छन्।

प्रदेश राजधानी जनकपुरबाट सर्लाही सदरमुकाम मलङ्गवाका लागि छुटेको ग १ ख ९४९४ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले  जानकारी जानकारी दिए । १६ जना घाइतेको लालबन्दीस्थित मोडेल अस्पताल र एक जनाको नवलपुरमा उपचार चलिरहेको इन्स्पेक्टर घिमिरेले जानकारी जानकारी दिए ।

ADVERTISEMENT

घाइते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए । शुक्रबार साँझपख मुसलधारे वर्षा भइरहेको बेला बस अनियन्त्रित भएर पल्टिएको थियो। घाइतेलाई तत्कालै पूर्वपश्चिम राजमार्गमा यात्रा गरिरहेका यात्रु र प्रहरी भएर उद्धार गरेका थिए।

ADVERTISEMENT